काठमाडौं । मान्यजनबाट टीका र जमरा लगाइ आज विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम साइत भनेर १० बजेर २ मिनेटलाई तोकिदिएको छ ।
यसको मतलब १० बजेर २ मिनेटभन्दा अगाडि वा पछाडि टीका लगाउनै हुँदैन त ?
‘हुन्छ, आज बिहान ८ बजेर १९ मिनेटमा देबी विसर्जन गरेपछि जुनसुकै समयमा मान्यजनबाट टीका–जमरा लगाएर आशिर्वाद लिन सकिन्छ,’ नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले भने । देवी विसर्जन नगरी टीका लगाउन भने नहुने उनले बताए ।
‘साइतमा मिल्छ भने १० बजेर २ मिनेटको साइतमै लगाउने, मिल्दैन भने आफ्नो अनुकूल जुन बेला मिल्छ, त्यहीबेला लगाउने । अगाडि लगाए पनि हुन्छ, पछाडि लगाए पनि हुन्छ,’ प्रा.डा.गौतमले भने ।