सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

समाचार

काठमाडौं उपत्यकामा पुनः बढ्यो चहलपहल


  • 667
    SHARES
  • https://indrenipost.com/posts/1201
    असोज २९, २०७८ शुक्रबार
    काठमाडौं उपत्यकामा पुनः बढ्यो चहलपहल

    काठमाडौं । मान्यजनको हातबाट दशैँको टीका लगाउन जानेहरू बढेसँगै काठमाडौं उपत्यकामा पुनः चहलपहल बढ्न थालेको छ । शुभ साइतमा घरमा टीका लगाएर आफन्तकोमा जाने क्रम बढेसँगै काठमाडौं उपत्यकाका सडकमा मानिसहरूको चहलपहल बढ्न थालेको हो ।

    विजया दशमीका दिन रातो टीका र पहेँलो जमरा लगाएर देशभर हर्षोल्लासका साथ विजया दशमी मनाउने चलन छ । घटस्थापनाका दिन राखिएको जमरा आज दुर्गादेवीको प्रसादको रूपमा लगाउने गरिन्छ ।

    असत्यमाथि सत्य र आसुरिक शक्तिमाथि दैविक शक्तिले विजय पाएको दिनको रूपमा विजया दशमी मनाउने गरिन्छ । आज ठुलो सदस्यहरूबाट टीका तथा जमरा लगाइने चलन छ ।

    आम सर्वसाधारणहरू बडा दशैँ मनाउन काठमाडौंबाट गाउँ फर्किएसँगै महाष्टमीदेखि सुनसान रहेको काठमाडौंमा पुनः चहलपहल बढ्न थालेको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij