काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २ सय ७७ पुगेको छ ।
शुक्रबार ७७७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर १३ हजार ३०८ सक्रिय संक्रमित रहेका छन् ।
गत चौबीस घन्टामा २ हजार ९२ पीसीआर तथा २ हजार ६२० एन्टिजेन परीक्षण भएको छ ।