अफगानिस्तानको कान्दहारस्थित एउटा शिया मस्जिदमा विस्फोट हुँदा १६ जनाको ज्यान गएको छ । शुक्रवारको साप्ताहिक प्रार्थनाका बेला विस्फोट भएको थियो। घटनामा ३२ जना घाइते भएको बीबीसीले जनाएको छ ।
इमाम बारगाह मस्जिदमा विस्फोट गराइएको स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ । विस्फोटका कारण मस्जिदका झ्यालहरू फुटेको र शवहरू भुइँमा असरल्ल परेका सामाजिक सञ्जालमा राखिएका तस्वीरमा देखिन्छ ।
विस्फोटको कारण स्पष्ट भएको छैन, तर आत्मघाती हमलाकारीले विस्फोट गराएको हुन सक्ने आशङ्का गरिएको छ । गत शुक्रवार उत्तरी शहर कुन्दुजस्थित शिया मस्जिदै विस्फोट हुँदा कम्तीमा ५० जना मारिएका थिए ।