सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

मौसमी विवरण

आजदेखि देशैभरको मौसम बदली हुने, भोली धेरै ठाउँमा पानी पर्ने सम्भावना


  • 1.6K
    SHARES
  • https://indrenipost.com/posts/1206
    असोज ३०, २०७८ शनिबार
    आजदेखि देशैभरको मौसम बदली हुने, भोली धेरै ठाउँमा पानी पर्ने सम्भावना

    काठमाडौं । आज (शनिबार) देखि देशैभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाले भोली (आइतबार) देशका धेरै ठाउँमा पानी पर्ने सम्भावनासमेत रहेको जानकारी दिएको छ ।

    भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र नेपालमा विकसित हुँदै गरेको पश्चिमी वायुको संयुक्त प्रभावले देशैभरीको मौसम आंशिकदेखि सामान्य बदली भएको महाशाखाकी मौसमविद् शान्ती कडेलले जानकारी दिइन् । 

    आगामी २४ घण्टामा प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    ‘आइतबार देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केहि स्थानमा मेघ गर्जन, चट्यांगसहित हावाहुरी र भारी वर्षाकोसमेत संभावना छ,’ विभागले जारी गरेको विशेष बुलेटिनमा भनिएको छ,  ‘देशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको पनि संभावना छ ।’

    वर्षाको सम्भावना रहेकाले यो समयमा खेतीपाती गर्दा र यात्रा गर्दा विशेष सावधानी अपनाउन पनि विभागले आग्रह गरेको छ । साथै दशैँ मान्न गाउँघर गएकाहरुलाई सडकको अवस्था बुझेर मात्र कार्यस्थलमा फर्किन पनि मौसमविद्ले सुझाब दिएका छन् ।

    केहीबेर अधि १९ डिग्री मापन गरिएको काठमाडौं उपत्यकाको तापक्रम आज दिउँसो ३० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

    यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

    ३० गते शनिबार 

    दिउँसो : देशको प्रदेश नम्बर १, २, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १, २ र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

    राति : प्रदेश १, २ र बागमति प्रदेश सामान्य बदली रहि अन्य भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, २ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    ३१ गते आइतबार

    दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, २, बाग्मती प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा साथै कर्णाली प्रदेश प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

    राति : देशभर सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानका साथै प्रदेश १, २ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    कार्तिक १ गते सोमबार

    दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै प्रदेश १ र बागमती प्रदेशका केहि मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना छ ।

    राति : देशभर सामान्य देखि पूर्ण बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानका साथै प्रदेश १, २ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

  • सम्बन्धित विषय:

  • # माधवकुमार नेपाल
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij