सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

अपडेट

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७ प्रतिशत पुग्यो

देशभर १२ हजार ५९८ जना सक्रिय सङ्क्रमित


  • 982
    SHARES
  • https://indrenipost.com/posts/1215
    असोज ३०, २०७८ शनिबार
    नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७ प्रतिशत पुग्यो

    काठमाडौं । नेपालमा थप १४७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ७७३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १३६ तथा एन्टिजेन विधिबाट ११ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    नयाँ सङ्क्रमितमध्ये सबैभन्दा धेरै काठमाडौँमा ६३ जना, ललितपुरमा २० र भक्तपुरमा ७ जना रहेका छन् । यही अवधिमा ८ सय ४५ जना सङ्क्रमणमुक्त भएका छन् ।

    नेपालमा कूल सङ्क्रमितमध्ये ७ लाख ८० हजार ७७६ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७‍।०३ प्रतिशत रहेको छ । यही अवधिमा थप १ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा ज्यान गुमाउनेको सङ्ख्या ११ हजार २७८ पुगेको छ ।

    देशभर १२ हजार ५९८ जना सक्रिय सङ्क्रमित रहेका छन् । यसमध्ये ११ हजार ५४४ जना होम आइसोलेसन, १ हजार ५४ जना संस्थागत आइसोलेसन, ३०७ जना आईसीयू तथा ९७ जना भेन्टिलेटरमा रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij