सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

आज देशका विभिन्न ठाउँमा सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु


  • 829
    SHARES
  • https://indrenipost.com/posts/1216
    असोज ३०, २०७८ शनिबार
    आज देशका विभिन्न ठाउँमा सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु

    काठमाडौं । देशका विभिन्न भागमा भएका दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका २३ भोलहीस्थित सडकमा ना. ३ ख ७५९४ नम्बरको ट्यांकरले बिआर ०६ सिक्यू ४१४१ नम्बरको कारलाई गएराति ठक्कर दिँदा कारमा सवार चालक मोतिहारी पूर्वी चम्पारन भारत घर बस्ने ३४ वर्षीय राजन सराफ सहित ३ जनाको मृत्यु भएको छ । 

    दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको वयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्यांकर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

    यता मकवानपुरको हेटौँडा उपमहानगरपालिका(१५ वनढाटस्थित सडकमा ना. ६ ख ७६९ नम्बरको बसले ना. ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । 

    मृत्युहुनेहरुमा हेटौंडा उपमहानगरपालिका( १५ पनेस बस्ने १८ वर्षीय प्रकाश दियाली र सोही उपमहानगरपालिका(३ बस्ने २२ वर्षीय सुशान्त दियाली रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    बर्दियाको बढैयाताल गाउँपालिका(३ स्थित सडकमा हाल नम्बर नखुलेको स्कुटरको ठक्करबाट सोही ठाउँ बस्ने ७८ वर्षीया सोरावती रग्देलको शुक्रबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने स्कुटरको प्रहरीले खोजी गरिरहेको छ ।

    यस्तै सप्तरीको खडक नगरपालिका(४ अमहास्थित सडकमा बा. ५६ प २५१५ नम्बरको मोटरसाइकल र स. ५ प. ८४३४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा हाल नाम,थर, वतन नखुलेका २ जना पुरुषको मृत्यु भएको छ । 

    दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको सप्तऋषी अस्पताल लहान सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    उता रौतहटको दुर्गा भगवती गाउँपालिका(४ स्थित सडकमा बिआर ३० वाई ९०४७ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिवदर्शन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

    मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij