सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

मौसमी विवरण

आज देशभरको मौसम बदली हुने, कहाँ-कहाँ वर्षाको सम्भावना ?


  • 1.5K
    SHARES
  • https://indrenipost.com/posts/1218
    असोज ३१, २०७८ आइतबार
    आज देशभरको मौसम बदली हुने, कहाँ-कहाँ वर्षाको सम्भावना ?

    काठमाडौं । आगामी २४ घण्टामा प्रदेश(१, प्रदेश(२, बाग्मती प्रदेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आइतबार बिहान मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै महाशाखाले आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरेको हो ।  

    अहिले प्रदेश १, प्रदेश २ र वागमती प्रदेशमा सामान्य बदली तथा गण्डकी, सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ ।

    भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापिय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायुको संयुक्त प्रभावले नेपालमा मौसम बदलीरहेको महाशाखाले जनाएको हो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij