सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

संस्कार-संस्कृति

दशैँको टीका थाप्ने क्रम आज पनि जारी, सरकारी कार्यालय आजैबाट खुल्ने


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/1219
    असोज ३१, २०७८ आइतबार
    दशैँको टीका थाप्ने क्रम आज पनि जारी, सरकारी कार्यालय आजैबाट खुल्ने

    काठमाडौँ । विजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टिका लगाउने र आर्सीवाद लिने क्रम जारी छ ।

    विजयादशमीका दिन टिका लगाउन छुटेका वा टाढा टाढा भएकाहरूले कोजागत पूर्णिमासम्म टिका लगाउने परम्परा रही आएको छ ।
    यद्यपि पश्चिमी नेपालमा भने विजया दशमीको दिन मात्र टिका लगाउने प्रचलन छ । 

    घटस्थापनादेखि नौ दिनसम्म दुर्गा भवानीको पुजा आराधना गरेर राखिएको जमरासहितको टिका विजयादशमीदेखि पूर्णिमासम्म लगाउने प्रचलन रहेको छ ।

    यसैबिच दशैँको अवधिमा बन्द रहेका सरकारी कार्यालयहरू आजबाट खुल्दै छन् । फूलपातीको दिनदेखि ५ दिनसम्म दसैँ बिदा मनाएकाहरू आजबाट नियमित कार्यालयमा फर्किनेछन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij