सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

मानिसहरुको आवतजावत जारी

पुरानै लयमा फर्किदै राजधानी काठमाडौं, चहलपहल बढ्यो


  • 703
    SHARES
  • https://indrenipost.com/posts/1220
    असोज ३१, २०७८ आइतबार
    पुरानै लयमा फर्किदै राजधानी काठमाडौं, चहलपहल बढ्यो

    काठमाडौं । दशैँको विदा सकिएसँगै विभिन्न जिल्लाहरुमा चहलपहल बढेको छ । बन्द भएका सरकारी कार्यालयहरु पनि आजबाट खुलेका छन् ।

    दशैँ मनाउन गाउँघर गएकाहरु काठमाडौं उपत्यका भित्रिने क्रम जारी छ । काठमाडौंका कलंकी, बल्खु, कोटेश्वर, बालाजु लगायतका नाकाहरुमा दशैँ मनाएर राजधानी फर्कनेहरुको भिड बढेको देखिन्छ । मानिसहरूको भिडभाडले काठमाडौं पुरानै लयमा फर्किन थालेको आभास मिल्छ ।

    काठमाडौं उपत्यकामा आइतबारबाटै चहलपहल बढेको देखिएको थियो । सडकहरुमा गाडीको संख्या पनि बाक्लिंदै गएको थियो । सवारी साधनको चहलपहल बढे पनि सडकमा जाम हुने गरी चाप भने अझै नभइसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

    यद्यपि आज टीकाको तेस्रो दिन पनि मान्यजन तथा आफन्तबाट टीका थाप्ने र आशिर्वाद लिने क्रम चलिरहेको छ । टीकाको दिन आफन्त तथा मान्यजनबाट टीका लगाउन नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका थाप्ने प्रचलन छ ।

  • सम्बन्धित विषय:

  • # माधवकुमार नेपाल
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij