सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस


  • 3.5K
    SHARES
  • https://indrenipost.com/posts/1222
    असोज ३१, २०७८ आइतबार
    आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस

    काठमाडौं । आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस। नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्र संघले सन् १९९३ देखि हरेक बर्ष

    अक्टोबर १७ तारिखलाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसका रुपमा मनाउँदै आएको छ ।

    दिवस मनाउनुको मुख्य उद्देश्य चरम गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्नु रहेको छ ।

    संयुक्त राष्ट्र संघले सन् २०३० सम्म विश्वबाट सबैखाले गरीबीको अन्त्य गर्ने लक्ष्य लिएको छ । सोहीअनुसार दिगो विकासका लक्ष्यहरु निर्धारण गरी गरिबी निवारणका कामहरु भइरहेका छन् ।

    नेपालमा पछिल्लो दुई दशकदेखि गरिबी निवारणलाई विकास प्रयासको प्राथमिकतामा राखी कार्यक्रमहरु सञ्चालन गरिएको छ ।

    दशौं योजनादेखि गरिबीलाई आय गरिबी, मानवीय गरिबी, सामाजिक बञ्चितीकरण गरी तीन आयाममा विभाजन गरिएको छ ।

    दिगो विकासको लक्ष्यले सबै ठाउँबाट सबै प्रकारका गरिबीको अन्त्य गर्ने लक्ष्य निर्धारण गरिएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij