सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

हालसम्म पूर्णमात्रामा कोरोनाविरुद्धको खोप कतिले लगाए ?


  • 856
    SHARES
  • https://indrenipost.com/posts/1232
    असोज ३१, २०७८ आइतबार
    हालसम्म पूर्णमात्रामा कोरोनाविरुद्धको खोप कतिले लगाए ?

    काठमाडौं । हालसम्म देशभर ६४ लाख ६९ हजार १५९ जनाले कोरोनाविरुद्ध पूर्णमात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म २९ दशमलब ७ प्रतिशत व्यक्तिले कोरोनाविरुद्धको पूर्णमात्रा खोप लगाएका हुन् ।

    हाल दसैंका कारण खोप अभियान सञ्चालनमा छैन । दसैं लगत्तै खोप अभियान सञ्चालन गर्ने सरकारको तयारी छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ८३ लाख ८८ हजार ४०२ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । जुन खोप लगाउन योग्य जनसंख्याको ३८.६ प्रतिशत हो । दुई करोड १५ लाख जनसंख्यालाई कोरोनाविरुद्धको खोप लगाउने सरकारको लक्ष्य छ ।

    सरकारले असोज मसान्तसम्म लक्षित जनसंख्यामध्ये एक तिहाइलाई खोप लगाइसक्ने लक्ष्य राखेको थियो । हाल नेपालमा कोभिसील्ड,भेरोसिल,एस्ट्राजेनेका,जोन्सन एण्ड जोन्सन खोप उपयोगमा आएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ८ लाख ४ हजार ६५२ जनामा कोरोना संक्रमण देखिएको छ। सक्रिय संक्रमितको संख्या १२ हजार पाँच सय ९८ रहेको छ । संक्रमितमध्ये ११ हजार २७८ जनाको ज्यान गएको छ। अहिलेसम्म ७ लाख ८० हजार ७७६ जना संक्रमणमुक्त भएका छन् ।

    केहि दिनयता संक्रमितको संख्या घट्दो क्रममा रहेको छ । संक्रमित संख्या घटेपनि जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा हेलचेक्रयाइँ बढ्दो छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले मास्कको समुचित प्रयोग, भौतिक दूरी कायम र व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने बताए ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij