सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ को मृत्यु, ३९१ संक्रमित, ६८० जना संक्रमणमुक्त


  • 631
    SHARES
  • https://indrenipost.com/posts/1237
    असोज ३१, २०७८ आइतबार
    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ को मृत्यु, ३९१ संक्रमित, ६८० जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    ६ हजार ९ सय ६६ जनाको पीसीआर परीक्षण गर्दा ३८५ जना र १ हजार १ सय ११ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने ६८० जना निको भएका छन् ।

    आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ५ हजार ४३ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार २८४ पुगेको छ भने ७ लाख ८१ हजार ५४६ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २९७ जना रहेका छन् । जसमध्ये ११ हजार २७८ जना होम आइसोलेसनमा रहेका छन् भने १०१९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    कोरोनाका बिरामीमध्ये २९९ जना आईसीयू र ९८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    यस्तै १० वर्ष मुनिका १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २६ जना कोरोना संक्रमित थपिएका छन् ।

  • सम्बन्धित विषय:

  • # माधवकुमार नेपाल
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij