आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
images

मौसमी विवरण

आज तीनवटा प्रदेशमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह


  • 1.4K
    SHARES
  • https://indrenipost.com/posts/1239
    कात्तिक १, २०७८ सोमबार
    आज तीनवटा प्रदेशमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

    काठमाडौं । थप केही दिन नेपालको मौसम प्रभावित हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल बंगालको खाडीमा र मध्य भारतमा रहेका९उत्तरतिर सर्दै गरेको० न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण केही दिन नेपालको मौसम प्रभावित हुने भएको हो । 

    आज र भोलि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तथा प्रदेश १ (मंगलबारदेखि)का धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानहरुमा मेघ गर्जन, चट्यांग र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

    काठमाडौंमा आज पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासी बताउँछिन् । काठमाडौंमा आज दिनभर मौसम बदली हुन्छ । बदली भएर दिउँसो पानी पर्ने सम्भावना छ, उनले भनिन्, ठूलो भारी वर्षाको सम्भावना त काठमाडौंमा छैन तर काठमाडौंमा घाम लाग्ने सम्भावना आज कमै छ ।

    बुधबार प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा मेघ गर्जन÷चट्यांग र हावाहुरीसहित भारी वर्षा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हिमपातको पनि सम्भावना रहेको छ । त्यसैले सजग रहन विभागले आग्रह गरेको छ । विशेषतः यात्रा र कृषि कर्म गर्दा मौसमको सूचना हेरी सजग रहन विभागले आग्रह गरेको छ । 

    मनसुन बाहिरिए पनि नयाँ मौसम प्रणाली विकास भएका कारण पुनः वर्षा र हिमपातको सम्भावना रहेको हो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij