आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
images

संस्कार-संस्कृति

दशैँको टीका थाप्ने क्रम आज पनि जारी


  • 946
    SHARES
  • https://indrenipost.com/posts/1240
    कात्तिक १, २०७८ सोमबार
    दशैँको टीका थाप्ने क्रम आज पनि जारी

    काठमाडौँ । विजया दशमीको चौथो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टिका लगाउने र आशीर्वाद लिने क्रम जारी छ ।

    विजयादशमीका दिन टिका लगाउन छुटेका वा टाढा टाढा भएकाहरूले कोजागत पूर्णिमासम्म टिका लगाउने परम्परा रही आएको छ । यद्यपि पश्चिमी नेपालमा भने विजया दशमीको दिन मात्र टिका लगाउने प्रचलन छ । 

    घटस्थापनादेखि नौ दिनसम्म दुर्गा भवानीको पुजा आराधना गरेर राखिएको जमरासहितको टिका विजयादशमीदेखि पूर्णिमासम्म लगाउने प्रचलन रहेको छ ।

    यसैबीच दशैँको अवधिमा बन्द रहेका सरकारी कार्यालयहरू हिजो (आइतबार)बाट खुलेका छन् । फूलपातीको दिनदेखि ५ दिनसम्म दशैँ बिदा मनाएकाहरू नियमित कार्यालयमा फर्किनेछन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij