काठमाडौं । सिन्धुपाल्चोकमा सोमबार दिउँसो दुईपटक भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको फाङफुङ केन्द्रबिन्दु भएर १० मिनेटको अन्तरमा दुईपटक ४ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको हो ।
पहिलो धक्का सोमबार दिउँसो १ बजेर ४७ मिनेटमा र दोस्रो धक्का १ बजेर ५६ मिनेटमा गएको केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का काठमाडौंलगायत आसपास पनि महसुस गरिएको थियो ।
केन्द्रका अनुसार यी धक्का २०७२ वैशाख १२ कै भूकम्पका परकम्प हुन् । भूकम्पका कारण क्षति भयो वा भए भन्ने विवरण भने प्राप्त भइसकेको छैन ।