सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, ५९१ संक्रमित


  • 829
    SHARES
  • https://indrenipost.com/posts/1258
    कात्तिक १, २०७८ सोमबार
    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, ५९१ संक्रमित

    काठमाडौं । गत २४ घण्टाभित्र नेपालमा थप ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

    देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    मन्त्रालयका अनुसार कूल नौ हजार ६९७ जनाको नमूना परीक्षण गर्दा ५९१ जनामा कोरोना पोजिटिभ देखिएको हो । जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ५२३ र एन्टिजेन विधिबाट ६८ संक्रमित पहिचान भएका थिए । 

    उक्त अवधिमा कूल सात हजार ६५४ जनाको पीसीआर र दुई हजार ४३ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो ।   

    उक्त अवधिमा कोरोना संक्रमणका कारण नौ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसैगरी, ९३७ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् । 

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij