आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
images

आजको राशिफल : कातिक २ गते, मंगलबार


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/1266
    कात्तिक २, २०७८ मंगलबार
    आजको राशिफल : कातिक २ गते, मंगलबार

    वि.सं २०७८ साल कातिक २ गते, मंगलबार, आश्विन शुक्लपक्ष । ईश्वी सन् २०२१ अक्टोबार १९ तारिख । नेपाल संवत् ११४१ । ञलाथ्व । दक्षिणायन । शरद ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि– चतुर्दशी, १८ः४९ बजे उप्रान्त पूर्णिमा । नक्षत्र– उत्तभाद्रपदा १३ः१३ बजे उप्रान्त रेवर्ता । योग– व्याघात, २३ः२७ बजे उप्रान्त हर्षण । करण– गर ६ः ३४ बजेदेखि वव, १८ः४९ बजे उप्रान्त उप्रन्त वालव । काठमाडौंमा सूर्योदय बिहान ६ः०७, सूर्यास्त बेलुकी ५ः२९ बजे ।

    मेष : सुखद् पूर्ण दिन बित्नेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । महत्वपूर्ण भेटघाटमा व्यस्त रहिनेछ ।

    वृष : स्वास्थ्यमा समस्या आउनसक्छ । आर्थिक प्रगति हुनेछ । महत्वपूर्ण भेटघाट हुनेछ । प्रेममा प्रगति हुनेछ ।

    मिथुन : पारिवारिक समस्या बढ्नेछ । आर्थिक समस्या आइपर्न सक्नेछ । अध्ययनको लागि यात्रा गरिनेछ ।

    कर्कट : मनोरञ्जनका साथ दिने बित्नेछ । बुबा–आमासँग नयाँ ठाऊँको यात्रा गरिनेछ । हनुमानको दर्शन सेवा गर्नुहोला कल्याण हुनेछ ।

    सिंह : नसोचेको आर्थिक खर्च हुनेछ । बोल्दा विचार गर्नुहोला सामान्य विवाद हुनेछ । मध्यान्हपछि मित्र मिलनले मनमा उमङ्ग आउनेछ ।

    कन्या : प्रेम प्रस्ताव आउनेछ । मनमा अनेक कुराहरुले सताउने छ । कुनै पनि निर्णय गर्दा बुवाआमाको वा मित्रको सहयोग लिन होला पोवालाई दानादिनाले संकट टर्नेछ ।

    तुला : आर्थिक समृद्धि हुनेछ । स्वास्थ्यमा भने समस्या आउनेछ । महत्वपूर्ण भेटघाटले नयाँ कार्यको थालनी गर्ने अवसर प्राप्तहुने छ ।

    वृश्चिक : व्यापार व्यवसायदेखि आर्थिक क्षति हुनेछ । रोकिएको धन प्राप्त हुनाले आर्थिक सहजता हुनेछ । बादरलाई केरा खुवाउनु राम्रो हुनेछ ।

    धनु : स्वास्थका कारण यात्रा रोकिनेछ । आफन्तको सहयोगले काम गर्ने उत्साह थपिनेछ । भेटघाटले प्रसन्नता दिलाउनेछ अध्ययनमा प्रगति हुनेछ ।

    मकर : प्रेमप्रेमिका विच मनमुटाब हुनेछ । नसोचेको ठाँऊको यात्रा गरिन्छ । कुलदेवताको पूजा गर्नाले रोकिएका कार्य बन्नेछन् ।

    कुम्भ : वैदेशिक कार्य नबन्नाले आर्थिक क्षति व्यहोर्नु पर्नेछ । मित्रसहयोग प्राप्त हुनाले संकटदेखि जोगिने छ । कमिलालाई चिनी खुवाउनु होला ।

    मीन : आर्थिक संकट पर्नेछ । केही कुरा काट्ने शत्रु व्यवहार देखाउने छन् । बोल्दा विचारगर्नु होला । राजनैतिक प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij