आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
images

अन्तर्राष्ट्रिय

उत्तर कोरियाले गर्‍यो पुनः ब्यालेस्टिक मिसाइल परीक्षण


  • 712
    SHARES
  • https://indrenipost.com/posts/1268
    कात्तिक २, २०७८ मंगलबार
    उत्तर कोरियाले गर्‍यो पुनः ब्यालेस्टिक मिसाइल परीक्षण

    उत्तर कोरियाले मंगलबार पुनः कम्तीमा एक ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । दक्षिण कोरिया र जापानले बताएअनुसार उत्तर कोरियाले पूर्वी क्षेत्रको समुद्रमा मिसाइल परीक्षण गरेको हो । 

    स्थानीय समयअनुसार बिहान सवा १० बजे पहिचान नखुलेको ब्यालेस्टिक मिसाइल परीक्षण गरिएको दक्षिण कोरियाको ज्वइन्ट चिफ्स अफ स्टाफले बताएको छ । 

    बीबीसीका अनुसार दक्षिण कोरिया, जापान र अमेरिकी गुप्तचर संस्थाका प्रमुखबीच उत्तर कोरियाको विषयमा बैठकको समाचार सार्वजनिक भएसँगै उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको हो । 

    रोयटर्सका अनुसार जापानका प्रधानमन्त्री फुमिओ किसिडाले उत्तर कोरियाले दुई ब्यालेस्टिक मिसाइल परीक्षण गरेको बताएका छन् । किसिडाले उत्तर कोरियाले पछिल्लो समय श्रृङ्खलाबद्ध मिसाइल परीक्षण खेदजनक रहेको बताएका छन् । 

    अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियालाई वार्तामा बस्न र न्युक्लियर हतियारको कार्यक्रम त्याग्न प्रेरित गर्दै आएका छन् । यद्यपि पछिल्लो समय उत्तर कोरियाले श्रृङ्खलाबद्धरुपमा मिसाइल परीक्षण गर्दै आएको छ । 

    संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक मिसाइल परीक्षणमा रोक लगाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij