आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
images

उद्धारको पर्खाइमा पीठित

बझाङ र बैतडीमा उद्धारका लागि सेनाको हेलिकोप्टर जाँदै


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/1282
    कात्तिक ३, २०७८ बुधबार
    बझाङ र बैतडीमा उद्धारका लागि सेनाको हेलिकोप्टर जाँदै

    धनगढी । बझाङको थलारा गाउँपालिका–४ दिख्ला गाउँमा मंगलबार विहान ४ बजे पहिरो जाँदा एकै परिवारका १८ सहित २३ जना वेपत्ता भएको विषयमा यथार्थ पत्ता लगाउन नेपाली सेनाको हेलिकोप्टर परिचालन हुने भएको छ ।

    यस्तै गरेर बैतडीको सिगास गाउँपालिका– ५ ढुंगाडस्थित सेती नदी किनारमा रहेका १० घरका ६० जना पनि उद्धारको पर्खाइमा रहेको वडाअध्यक्ष रामबहादुर धामीले बताए । सो क्षेत्रमा समेत हेलिकोप्टर जाने सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रवक्ता पूर्णा जोशीले बताए ।

    आइतबार, सोमबार र मंगलबारका तुलनामा बुधबार विहानैदेखि आकाश खुलेकोले उद्धार कार्य गर्न सहज हुने अनुमान गरिएको छ । मंगलबार रातिपछि पानी पनि परेको छैन ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक तथा प्रवक्ता विक्रमबहादुर चन्दका अनुसार पहिरो गएर गाउँबासी वेपत्ता भएको अपुष्ट खबर आएपछि तीन तिरबाट प्रहरी परिचालन गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij