आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
images

बझाङको पहिरोमा परी बेपत्ता भएकाको उद्धारका लागि पठाइयो हेलिकप्टर


  • 964
    SHARES
  • https://indrenipost.com/posts/1284
    कात्तिक ३, २०७८ बुधबार
    बझाङको पहिरोमा परी बेपत्ता भएकाको उद्धारका लागि पठाइयो हेलिकप्टर

    काठमाडौं । बझाङमा पहिरोले गाउँ पुरिदा बेपत्ता भएका २३ जनाको उद्धारको लागि हेलिकप्टर चैनपुर पुगेको छ । भर्खरै नेपाली सेनाको हेलिकप्टर देउलेक विमानस्थलमा अवतरण भएको हो ।

    अब केही छिनमा प्रभावित क्षेत्रमा गएर बेपत्ता भएकाको खोजी गर्ने सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।

    पहिला बेपत्ताको खोजी कार्य गर्ने हो, त्यसपछि बिस्थापित भएकालाई राहत दिने काम गर्ने हो, उनले भनिन् । बाढीको बीचमा फसेकाहरुलाई पनि हेलिकप्टरबाटै उद्धार गर्ने तयारी भइरहेको उनले बताइन् ।

    मंगलबार दिउँसो थलारा गाउँपालिका–४ डिख्लामा गाउँमाथि पहिरो खस्दा उनीहरू बेपत्ता भएका थिए । उद्धार टोली अहिलेसम्म घटनास्थल पुगेको छैन ।

    स्थानीय शिक्षक मदन साउदले २४ घन्टा बितिसक्दा पनि उद्धार टोली नआएको गुनासो गरेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij