आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
images

समाचार

सुर्खेतमा बेवारिसे बम विस्फोट, दुई जना घाइते


  • 838
    SHARES
  • https://indrenipost.com/posts/1355
    कात्तिक ६, २०७८ शनिबार
    सुर्खेतमा बेवारिसे बम विस्फोट, दुई जना घाइते

    सुर्खेत । सुर्खेतमा बेवारिसे बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।

    शनिबार बिहान वीरेन्द्रनगर नगरपालिका–७ स्थित कटुकुवा सामुदायिक वनमा घाँस काट्न गएको समयमा बेवारिसे बम विस्फोट हुँदा दुई जना घाइते भएका हुन् ।

    घाइते हुनेहरूमा दैलेखको गुराँस गाउँपालिका–६ जहरेका २१ वर्षीया लीला नेपाली र उनका १४ वर्षीय भाइ नरेश रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए ।

    निरीक्षक शाहीका अनुसार घटना पौने १२ बजेको हो । प्रहरीका अनुसार उनीहरू वीरेन्द्रनगर–७ इत्राममा बस्दै आएका थिए । घाइतेको स्थानीय देउती अस्पतालमा उपचार भइरहेको छ ।

    घाइते दुवैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उक्त वनमा नेपाली सेनाले अस्थायी तालिम सञ्चालन गर्ने जंगल भएकाले कतै पुरानो बम बचेको पनि हुनसक्ने प्रहरीको आशंका छ । घटनाबारे थप अनुसन्धान भइरहेको शाहीले बताए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij