काठमाडौं । गत २४ घण्टाभित्र नेपालमा थप ५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार कूल छ हजार ९३१ जनाको नमूना परीक्षण गर्दा ५१३ जनामा कोरोना पोजिटिभ देखिएको हो । जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ४३८ र एन्टिजेन विधिबाट ७५ संक्रमित पहिचान भएका थिए ।
उक्त अवधिमा कूल चार हजार ९७२ जनाको पीसीआर र एक हजार ९५९ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो ।
उक्त अवधिमा कोरोना संक्रमणका कारण आठ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसैगरी, ८१७ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् ।