आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
images

वर्षाले मिम्त्याएको वितण्डा

बाढी-पहिरोबाट मृत्यु हुनेको संख्या ११७ पुग्यो, ३४ जना अझै बेपत्ता


  • 1.5K
    SHARES
  • https://indrenipost.com/posts/1360
    कात्तिक ७, २०७८ आइतबार
    बाढी-पहिरोबाट मृत्यु हुनेको संख्या ११७ पुग्यो, ३४ जना अझै बेपत्ता

    काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ११७ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार देशभर ३४ जना बेपत्ता छन् । प्राकृतिक प्रकोपका कारण घाइते भएका ३९ जनाको उपचार भइरहेको छ । 

    बाढी र पहिरोका कारण प्रदेश–१ मा ६९ जनाको मृत्यु भएको छ । सुदूरपश्चिममा ३४ जनाले ज्यान गुमाएका छन् । कर्णाली प्रदेशमा मृत्यु हुनेको संख्या ७ र लुम्बिनीमा ४ पुगेको छ ।

    शनिवार बझाङको थलारा गाउँपालिका–४ डिक्ला सितलमा पहिरोका कारण ज्यान गुमाएका १२ वर्षीय सन्दिप कार्कीको शव फेला परेको छ । 

    उनको कम्मर भन्दा मुनिको भाग मात्र फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । बझाङमा मात्र १९ जना बेपत्ता छन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij