आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
images

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पुनः डा. दीपेन्द्ररमण


  • 928
    SHARES
  • https://indrenipost.com/posts/1366
    कात्तिक ७, २०७८ आइतबार
    स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पुनः डा. दीपेन्द्ररमण

    काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी पुनः डा.दीपेन्द्ररमण सिंहलाई दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि पदभार ग्रहण गर्ने गरी डा. सिंहलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो ।

    यसअघि, विभागको निमित्त महानिर्देशक रहेका डा.आरपी बिच्छाको उमेर हदका कारण आज नै सेवा अवधि पूरा हुँदै छ । तर, विशेषज्ञको रूपमा डा.बिच्छाको सेवा अवधि दुई वर्ष थप गरिएको छ । यसरी सेवा अवधि थप गरेका कर्मचारीलाई कार्यकारी जिम्मेवारी दिन नमिल्ने व्यवस्था स्वास्थ्य सेवा ऐनमा रहेकाले विभागको महानिर्देशकमा डा.सिंहलाई पठाएको मन्त्रालयले जनाएको छ ।

    डा.बिच्छा नियुत्त हुनुअघि विभागको महानिर्देशक डा. दीपेन्द्र नै थिए । तर, शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि गएको साउन १९ गते १२औँ तहका डा.सिंहलाई मन्त्रालयमा तानेर ११औँ तहका डा.बिच्छालाई विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij