बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज


  • 1.4K
    SHARES
  • https://indrenipost.com/posts/2860
    पुष २२, २०७८ बिहीबार
    बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज

    काठमाडौं । सरकारले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजहरूलाई सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ ।

    चिकित्सा शिक्षा आयोगबाट निर्धारितभन्दा बढी शुल्क लिएको गुनासो आएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पटक–पटकको निर्देशन अवज्ञा गर्ने मेडिकल कलेजहरूको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको हो ।

    बुधबार शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जारी गरेको विज्ञप्ति भनिएको छ, “दिएको निर्देशनलाई बेवास्ता गरी गैरकानुनी रूपमा विद्यार्थीबाट बढी शुल्क असुल गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ ।”

    राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ (क) मा निर्धारितभन्दा बढी शुल्क लिएमा सम्बन्धन खारेजीसम्म गर्न सक्ने व्यवस्था छ ।

    शिक्षा र गृह मन्त्रालयले समेत निर्धारित शुल्कभन्दा बढी रकम नलिन र लिइएको पाइए कानुनबमोजिम कारबाही गरिने भन्दै विगतमा पनि विश्वविद्यालयहरूलाई निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ ।

    राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १८ मा चिकित्सा शिक्षाको एमबीबीएसलगायत शैक्षिक कार्यक्रमका लागि लिइने शुल्क उल्लेख गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij