बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

एसईई वैशाखमा हुने


  • 1.5K
    SHARES
  • https://indrenipost.com/posts/2910
    पुष २५, २०७८ आइतबार
    एसईई वैशाखमा हुने

    काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी बैशाखमा हुने भएको छ । कोरोना महामारीका कारण असारमा मात्र पठनपाठन सुरु भएकाले करिब एक महिना ढिलो गरी एसईई लिने तयारी गरिएको हो । नियमित तालिकाअनुसार चैतमा एसईई हुने गर्थ्यो ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले ७७ वटै जिल्ला र पालिकाबाट चैतभरि पठनपाठन गर्ने सुझाव आएकाले एसईई वैशाखमा लिने निर्णय गरिएको बताए । 

    यसअघि संसदीय समितिले एसईई परीक्षा ‘खारेज गर्न’ सुझाव दिएको थियो । तर कुनै पनि शैक्षिक तहको परीक्षा खारेजभन्दा परिमार्जन गर्न उपयुक्त हुने सुझाव विज्ञले दिएका थिए । 

    कोरोना महामारीका कारण दुई वर्षयता अनलाइन माध्यमबाट पठनपाठन सञ्चालन गरिँदै आएको छ । आर्थिक अवस्था कमजोर रहेका तथा दुर्गम भेगका विद्यार्थीको भर्चुअल कक्षामा पहुँच विस्तार हुन सकेको छैन । 

    देशभरका विद्यालयले विद्यार्थीको मूल्यांकन गरी प्राप्तांक पठाएपछि त्यसैअनुसार परीक्षा बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशित गर्ने गरेको छ । 

    गत वर्ष ५ लाख १७ हजार विद्यार्थी एसईईमा सामेल थिए । यो वर्ष परीक्षार्थी संख्या यकिन हुन बाँकी छ । मन्त्रालयले नयाँ शैक्षिक सत्र २०७९ को पठनपाठन वैशाखमै सुरु गर्ने तयारी गरेको जनाएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij