बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

नोबेल मेडिकल कलेजमा तोडफोड


  • 1.5K
    SHARES
  • https://indrenipost.com/posts/2918
    पुष २५, २०७८ आइतबार
    नोबेल मेडिकल कलेजमा तोडफोड

    काठमाडौं । अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश नदिई थोरै विद्यार्थीलाई मात्रै लिएर कक्षा सुरू भएपछि आइतबार विराटनगरको नोबेल मेडिकल कलेजमा तनाव सिर्जना भएको छ ।

    आइतबार नोबेल कलेजका विद्यार्थीले तोडफोड गरेका छन् । केही विद्यार्थी घाइतेसमेत भएका छन् । 

    विवाद साम्य नहुन्जेल कक्षा रोक्ने सहमतिविपरीत नोबेलले कक्षा चलाएपछि एमबिबिएस प्रथम वर्षका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए ।

    उनीहरूलाई साथ दिन पुगेका विद्यार्थी संगठनका नेताहरूले नोबेल कलेजमा तोडफोड गरेका हुन् । अहिले नोबेल परिसर तनावग्रस्त बनेको छ । 

    नोबेलले गत बिहीबार स्थानीय प्रशासनसँग कुनै पनि अतिरिक्त शुल्क नलिने, विवाद साम्य नभएसम्म कक्षा नचलाउने सहमति गरेको थियो ।

    तर आइतबार पनि थोरै विद्यार्थी राखेर कक्षा चलाएपछि फेरि तनाव उत्पन्न भएको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij