बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

विद्यालय शिक्षा सुधार्न साढे नौ खर्बको योजना


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/3073
    माघ ६, २०७८ बिहीबार
    विद्यालय शिक्षा सुधार्न साढे नौ खर्बको योजना

    काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षा सुधारका लागि १० वर्षे योजना ल्याएको छ । उक्त योजनाअनुसार पाँच वर्षभित्र नौ खर्ब ५३ अर्ब ४३ करोड रुपियाँ लगानी रहने मन्त्रालयले जनाएको छ । 

    बाँकी पाँच वर्षमा खर्च हुने रकम भने पछि तय गरिने मन्त्रालयका योजना महाशाखाका सहसचिव डा। तुलसी थपलियाले जानकारी दिए ।

    उनका अनुसार यो कार्यक्रमलाई विद्यालय शिक्षा क्षेत्रगत योजना (एसईएसपी) नाम दइएको छ । अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबाट स्वीकृत भएर आएको यो योजना सञ्चालनका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सैद्धान्तिक स्वीकृति प्रदान गरेका छन् । 

    विद्यालय तहमै यसअघि सञ्चालनमा रहेको विद्यालय क्षेत्र विकास योजना ९एसएसडीपी०को निरन्तर ताका रूपमा नयाँ योजना सञ्चालन गर्न लागिएको हो ।

    सन् २०१६ मा सुरु भएको एसएसडीपी सन् २०२१ डिसेम्बर बाट ल्याउनुअघि मन्त्रालयले विद्यालय क्षेत्र सुधार योजना (एसएसआर पी) सञ्चालनमा ल्याएको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij