बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

त्रिविमा पढाइ स्थगित भए पनि परीक्षा हुने


  • 928
    SHARES
  • https://indrenipost.com/posts/3089
    माघ ७, २०७८ शुक्रबार
    त्रिविमा पढाइ स्थगित भए पनि परीक्षा हुने

    काठमाडौं । कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढ्दै गएपछि त्रिभुवन विश्वविद्यालयले माघ ९ गतेदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित गरेको छ तर शुक्रबार विज्ञान संकाय र शनिबारको व्यवस्थापन संकायका परीक्षा भने यथावत सञ्चालन हुनेछ ।  

    त्रिभुवन विश्वविद्यालयको परीक्षाहरू मंगलबारदेखि सुरु भएको छ । तर विद्यार्थीको विरोधपछि विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले बिहीबार बैठक बसी माघ ९ गतेदेखि हुने सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको सहनियन्त्रक घनश्याम ठाकुरले बताए । तर माघ ७ गते र ८ गतेका परीक्षा भने यथावत रहनेछन् ।

    ‘माघ ७ गते विज्ञान संकायका सबै परीक्षा हुन्छन् । माघ ८ गते व्यवस्थापन संकायको बिबिए र बिसिएको प्रवेश परीक्षा पनि हुन्छ,’ सहनियन्त्रक ठाकुरले भने, ‘माघ ९ गतेदेखि हुने अन्य परीक्षा हाललाई स्थगित गर्ने परीक्षा समितिको निर्णय हो ।’

    व्यवस्थापनको परीक्षा भौतिक उपस्थितमै हुने र करिब २० हजार बढी विद्यार्थी सहभागी हुनेछन् । यो समाचार नागरिक दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij