बुधबार, भदौ १८ गते २०८२ Sep 03 2025 Wednesday
images
images

सिरहामा करेन्ट लागेर दुईको मृत्यु, एक घाइते


  • 568
    SHARES
  • https://indrenipost.com/index.php/posts/10062
    भदौ १५, २०८२ आइतबार
    सिरहामा करेन्ट लागेर दुईको मृत्यु, एक घाइते

    सिरहा, १५ भदौः सिरहामा दुई छुट्टाछुट्टै घटनामा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको कुरा जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
    शनिबार सिरहा नगरपालिका–४ रमौलका १५ वर्षीय मो अम्माद र लहान नगरपालिका–१९ कटहाका ४० वर्षीय कमकलाल सदाय करेन्ट लागेर घाइते भएका थिए । अम्मादको उपचारका क्रममा प्रादेशिक अस्पताल सिरहामा निधन भएको छ भने सदायको पनि स्थानीय अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
    आज सिरहा–४ रमौलमा ३० वर्षीय अफ्रोजा खातुन पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी छन् । हाल उनको उपचार प्रादेशिक अस्पताल सिरहामा भइरहेको छ ।
    जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माका अनुसार सबै घटनाबारे अनुसन्धान भइरहेको छ । उनले विद्युत् प्रयोगमा सतर्कता नअपनाउँदा यस्ता घटनाको सङ्ख्या बढ्दै गएको भन्दै नागरिकलाई सचेत रहन आग्रह समेत गरेका छन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij