बुधबार, भदौ १८ गते २०८२ Sep 03 2025 Wednesday
images
images

नवलपुरमा कन्टेनर–ट्रक ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते


  • 289
    SHARES
  • https://indrenipost.com/index.php/posts/10091
    भदौ १८, २०८२ बुधबार
    नवलपुरमा कन्टेनर–ट्रक ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    नवलपुर नवलपरासी, १८ भदौः बर्दघाट–सुस्तापूर्वको देवचुली–१५ लोकाहामा गए राति भएको कन्टेनर र ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक पश्चिम नवलपरासी सुस्ता गाउँपालिका–१ का ३५ वर्षीय कन्टेनर चालक माधव पङ्गेनी हुन् । उनको उपचारका क्रममा आज बिहान भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा मृत्यु भएको हो ।
    दुर्घटनामा गम्भीर घाइते भएका कन्टेनरका सहचालक चितवन राप्ती नगरपालिका–७ का ३६ वर्षीय रामबहादुर सार्की र ट्रक चालक महोत्तरी बर्दिबास नगरपालिका–११ का ३० वर्षीय बिचबहादुर थिङलाई भरतपुरस्थित एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
    प्रहरीका अनुसार दुर्घटना बुटवलतर्फ गइरहेको कन्टेनर र नारायणघाटतर्फ आइरहेको ट्रक एकआपसमा ठोक्किँदा भएको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij