बुधबार, भदौ १८ गते २०८२ Sep 03 2025 Wednesday
images
images

इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै राख्न भाषा आयोगको आग्रह


  • 253
    SHARES
  • https://indrenipost.com/index.php/posts/10096
    भदौ १८, २०८२ बुधबार
    इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै राख्न भाषा आयोगको आग्रह

    काठमाडौँ, १८ भदौः भाषा आयोगले सवारी साधनमा जडान हुने विद्युतीय सङ्केत इम्बोस्ड नम्बर प्लेट अनिवार्य नेपाली भाषामै हुनुपर्ने माग गरेको छ । नेपालको संविधानको धारा ७ को उपधारा १ अनुसार सरकारी कामकाजको भाषा नेपाली भाषा हुने व्यवस्था रहेको स्मरण गराउँदै आयोगले अंग्रेजी भाषामा नम्बर प्लेट राख्ने प्रावधानप्रति आपत्ति जनाएको हो ।
    आयोगले सर्वोच्च अदालतको २०८१ असार ९ गतेको फैसलामा नेपाली भाषाको वर्णविन्यास र संवैधानिक प्रावधानलाई आधार मानेर नम्बर प्लेट नेपाली भाषामै हुनुपर्ने व्याख्या भएको जनाएको छ । संविधानको धारा ७ को उपधारा ३ ले भाषा सम्बन्धी विषयमा आयोगको सिफारिसमा सरकारले निर्णय गर्ने व्यवस्था गरेको आयोगले उल्लेख गरेको छ ।
    आयोगका अध्यक्ष डा.गोपाल ठाकुरका अनुसार आयोगले भदौ १ गतेको निर्णयअनुसार देवनागरी लिपीमा विद्युतीय सङ्केत राख्नुपर्ने संवैधानिक दायित्व बोध गर्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले सबै तहका सरकारलाई संविधानअनुसार व्यवस्था कार्यान्वयन गर्न आग्रह गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij