काठमाडौँ, १८ भदौः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि सागसब्जी, फलफूल तथा अन्य कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिले जारी गरेको सूचनाअनुसार आलु, गोलभेँडादेखि तरकारीजन्य साग र फलफूलसम्मका मूल्य तोकिएका छन् ।
आज निर्धारण गरिएको दरअनुसार गोलभेँडा ठूलो नेपाली प्रतिकिलो रु ७०, आलु रातो प्रतिकिलो रु ५३, प्याज सुकेको भारतीय प्रतिकिलो रु ३८, गाजर लोकल प्रतिकिलो रु १२०, काउली स्थानीय प्रतिकिलो रु ७५, भिण्डी प्रतिकिलो रु ५५, पालुङ्गो र रायोको साग प्रतिकिलो रु १३० तोकिएको छ ।
यस्तै, च्याउ कन्य प्रतिकिलो रु १८०, डल्ले च्याउ रु ३२०, कुरिलो रु ४००, निगुरो रु ९०, ब्रोकाउली रु २८०, पुदिना प्रतिकिलो रु ७५०, गुन्द्रुक रु ३००, पार्सले रु ११०० र इमली प्रतिकिलो रु १९० कायम गरिएको छ ।
फलफूलमा स्याउ फुजी प्रतिकिलो रु ३००, केरा दर्जन रु १२५, कागती प्रतिकिलो रु १५०, अनार रु ३५०, सुन्तला भारतीय रु ३५०, जुनार रु २५०, किबी रु ४००, आभोकाडो रु ३०० र सरिफा प्रतिकिलो रु १८० निर्धारण गरिएको समितिले जनाएको छ ।
त्यस्तै, मसला र अन्य उपजमा अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी रु ४००, हरियो धनियाँ रु २००, लसुन सुकेको नेपाली रु १६०, माछा सुकेको रु १०००, ताजा माछा रहु रु ३५०, राजा च्याउ रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १००० कायम गरिएको छ ।
समितिले तोकेको मूल्य कालीमाटी बजारमा आजको अधिकतम थोक मूल्य भएको जनाइएको छ ।