बुधबार, भदौ १८ गते २०८२ Sep 03 2025 Wednesday
images
images

प्रधानमन्त्री ओली ‘एससिओ’ शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कदै


  • 397
    SHARES
  • https://indrenipost.com/index.php/posts/10092
    भदौ १८, २०८२ बुधबार
    प्रधानमन्त्री ओली ‘एससिओ’ शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कदै

    काठमाडौँ, १८ भदौः प्रधानमन्त्री केपी शर्मा ओली चीनको तियानजिनमा सम्पन्न शाङ्घाई सहयोग संगठन एससिओ शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कन लागेका हुन । उनी जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा यही भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेका थिए ।
    भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नुका साथै चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका छन । त्यसैगरी, उनले रूसी राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा.मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा.सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन, भियतनामका प्रधानमन्त्री फाम मिन चिङलगायत विभिन्न राष्ट्रका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
    प्रधानमन्त्री ओलीले मङ्गलबार बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग पनि भेटवार्ता गरेका थिए । नेपाल सन् २०१६ देखि सो संगठनको संवाद साझेदार रहँदै आएको छ । चीन, भारत, रूस, पाकिस्तान, इरानलगायत १० देश यसका स्थायी सदस्य राष्ट्रहरू हुन् भने नेपालसहित विभिन्न मुलुक संवाद साझेदारका रूपमा सहभागी छन् ।
    प्रधानमन्त्री ओलीसँग धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, आर्थिक सल्लाहकार डा। युवराज खतिवडा, सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय अधिकारीहरू समेत सहभागी भएका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij