बुधबार, भदौ १८ गते २०८२ Sep 03 2025 Wednesday
images
images

‘अनलाइन’ सञ्चार दर्ता र नवीकरण स्थानीय तहबाट गर्न महासङ्घको माग


  • 1.6K
    SHARES
  • https://indrenipost.com/index.php/posts/10064
    भदौ १५, २०८२ आइतबार
    ‘अनलाइन’ सञ्चार दर्ता र नवीकरण स्थानीय तहबाट गर्न महासङ्घको माग

    काठमाडौँ, १५ भदौः नेपाल पत्रकार महासङ्घले ‘अनलाइन’ सञ्चारमाध्यमको दर्ता र नवीकरण स्थानीय तहबाट गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । महासङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै हालको प्रणालीप्रति असन्तुष्टि व्यक्त गर्दै तत्काल प्रावधान संशोधन गर्न माग गरेको हो ।
    महासङ्घका महासचिव रामप्रसाद दाहालका अनुसार सरकारले आमसञ्चारसम्बन्धी विधेयक मार्फत अनलाइन दर्ता र नवीकरण स्थानीय तहबाट गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । आज मन्त्रालयका सचिव र महासङ्घका अध्यक्ष सहितको प्रतिनिधिमण्डल बीच भएको छलफलमा अर्को व्यवस्था नभएसम्म प्रेस काउन्सिल नेपाल र नेपाल विज्ञापन बोर्डले अनलाइन सञ्चारमाध्यमको सूचीकरण यथावत् राख्ने र सूचना तथा प्रसारण विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र साविक बमोजिम जारी गर्ने सहमति भएको महासङ्घले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij