बुधबार, भदौ १८ गते २०८२ Sep 03 2025 Wednesday
images
images

पेट्रोलियम पदार्थको मूल्य घट्यो


  • 577
    SHARES
  • https://indrenipost.com/index.php/posts/10065
    भदौ १५, २०८२ आइतबार
    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    काठमाडौँ, १५ भदौः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको निर्णयअनुसार आज रातिदेखि लागू हुने गरी डिजेल÷मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर सातले मूल्य घटाइएको छ ।
    पेट्रोल तथा एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ । नयाँ बिक्री मूल्यअनुसार डिजेल÷मट्टितेलको खुद्रा मूल्य क्रमशः १४२.५०, १४४ र १४५ रुपैयाँ तोकिएको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धन काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ९६६ निर्धारण गरिएको छ ।
    नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएको भएकाले नेपाली बजारमा मूल्य समायोजन गरिएको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij