बुधबार, भदौ १८ गते २०८२ Sep 03 2025 Wednesday
images
images

पोखरा–जोमसोम हवाई सेवा दुई महिनापछि सञ्चालन


  • 595
    SHARES
  • https://indrenipost.com/index.php/posts/10067
    भदौ १५, २०८२ आइतबार
    पोखरा–जोमसोम हवाई सेवा दुई महिनापछि सञ्चालन

    मुस्ताङ, १५ भदौः पोखरा–जोमसोम हवाई सेवा दुई महिनापछि पुनः सञ्चालन भएको छ । बर्खायामको मनसुन र प्रतिकूल मौसमका कारण निजी वायुसेवा कम्पनी यति एयरलाइन्सको भगिनी संस्था तारा एयरलाइन्स र समिट एयरलाइन्सले पोखरा–जोमसोम उडान दुई महिनादेखि बन्द गरेका थिए ।
    जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलका अनुसार पर्यटकीय याम सुरु भएसँगै समिट एयरलाइन्सको ट्विनअटर जहाजले आजदेखि उडान भर्न सुरु गरेको छ । पहिलो दिन जहाजले दुई उडान भरेर ३६ जना यात्रु लिएर जोमसोम विमानस्थलमा अवतरण गरेको छ । मुस्ताङमा तीनवटा हेली कम्पनीले पनि आठवटा उडान सञ्चालन गरेको जानकारी दिइएको छ ।
    तारा एयरलाइन्सले एक हप्तापछि सेप्टेम्बर ७ देखि पोखरा–जोमसोम उडान सुरु गर्ने जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij