बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

मुक्त कमैया, कमलरी र सुकुम्बासीको समस्या समाधान होस भन्ने चाहन्छु : मन्त्री श्रेष्ठ


  • 1.7K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1672
    कात्तिक २४, २०७८ बुधबार
    मुक्त कमैया, कमलरी र सुकुम्बासीको समस्या समाधान होस भन्ने चाहन्छु : मन्त्री श्रेष्ठ

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले मुक्त कमैया र कमलरीहरुको व्यवस्थापनका लागि संविधानमा भएको व्यवस्थालाई कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।

    मन्त्रालयसँग सम्बन्धित विभिन्न पक्षहरुसँग छलफल र अन्तरक्रिया गर्ने क्रममा हिजो (मंगलबार) मुक्त कमैया, कमलरी र सम्बद्ध व्यक्तिहरुसँग मन्त्रालयमा भएको छलफलमा मन्त्री श्रेष्ठले उनीहरूको समस्यालाई प्राथमिकिकरण गरेर तत्कालीन र दीर्घकालिन रुपमा समस्या समाधान गर्ने गरी अगाडी बढ्न आफूले चाहेको बताए । 

    उनले “कमैया र कमलरी मुक्त घोषणा भएर पनि उनीहरुको व्यवस्थापन हुन नसक्दा झनै समस्यामा रहनु परेको छ, ती समस्याहरुलाई प्राथमिकीकरण गरेर तत्काल हल गर्न सकिने गरी अगाडी बढ्न आफूले चाहेकाले त्यसै अनुरुप सम्बद्ध पक्षलाई लाग्न अनुरोध गर्दछु” मन्त्री श्रेष्ठले भनेृ ।

    मन्त्री श्रेष्ठले तीन तहको सरकार रहेको अवस्थामा स्थानीय तह र प्रदेशले गर्नसक्ने समस्या त्यहीबाट हल गर्ने र केन्द्रले गर्नुपर्ने विषयमा मन्त्रालयले छिटो पहल लिने पनि बताएका छन् ।  

    जुन उदेश्यका साथ जसरी कमैया र कमलरी मुक्त गरिएको थियो । त्यसैगरी त्यसको कार्यान्वयन हुनु पर्नेमा जोड दिँदै उनीहरुको व्यवस्थापन गरी दिगो रुपमा समस्या समाधान गर्न आफुले सक्दो प्रयास गर्ने पनि प्रतिबद्धता गरे ।

    छलफलका क्रममा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङबाट आएका कमैया र कमलरीका प्रतिनिधिहरुले  कमैया र कमलरीको व्यवस्थापन लामो समयसम्म हुन नसक्दा समस्या बढ्दै गैरहेकोले थप पीडामा पर्नु परेको  रहेको बताए ।

    उनीहरुले कमलरीको समस्या समाधान नहुँदा, बालविवाहको समस्या बढेको, कमलरीहरुलाई शिक्षाका लागि पर्याप्त छात्रावृत्ती उपलब्ध नहुँदा बीचैमा पढाइ छोड्नु पर्ने अवस्था आएको, होस्टेलबाट निस्कने उमेरका कमलरीहरु जग्गा र घर नभएकाले अब कहाँ जाने भन्ने अवस्थामा रहेको लगायतका समस्याबारे जनाकारी गराएका थिए ।

    उनीहरुले छिटोभन्दा छिटो समस्या समाधन हुन सके आफुजस्ता कमलरीहरुको भविष्य राम्रो हुने भन्दै सरकारले तोके अनुसार जग्गा, आवास, शिक्षा, सिपमुलक तालिम र स्वास्थ्यको व्यवस्थापनका लागि पहल गरिदिन आग्रह समेत गरे ।

    यसैबीच हिजै मन्त्री श्रेष्ठले सुकुम्बासीसँग सम्बद्ध पक्षहरुसँग पनि छलफल गरेका छन् । सो क्रममा मन्त्री श्रेष्ठले महोत्तरीको रामगोपाल पुरको गाउँव्लकमा रहेका लालपुर्जा विहीन नागरिकहरुलाई लाजपुर्जा वितरण गरिएको र अब देशैभरमा गाउँव्लकमा रहेका समस्या समाधान गर्दै लालपुर्जा वितरणको काम अगाडि बढाइने बताए ।

    दलित भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि संविधानमा भएको व्यवस्था कार्यान्वयन गर्न आफु प्रतिबद्ध रहेको पनि मन्त्री श्रेष्ठले स्पष्ट पारे ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij