आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

संसद् बैठक अगाबै सांसदहरुको कोरोना परीक्षण


  • 1.4K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2333
    मंसिर २६, २०७८ आइतबार
    संसद् बैठक अगाबै सांसदहरुको कोरोना परीक्षण

    काठमाडौं । संघीय संसदको अधिवेशन शुरु हुनु एकदिन अघि सबै सांसदहरुको कोरोना परीक्षण हुने भएको छ । एन्टीजेन विधिबाट कोरोना परीक्षण भएपछि मात्र संसद भवनभित्र छिर्न दिइने भएको छ ।

    संसद सचिवालयले आइतबार एक सूचना जारी गर्दै प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष लगायत प्रतिनिधि सभा एवं राष्ट्रिय सभाका सबै साँसदहरुको एन्टीजेन परीक्षण गर्ने जनाएको हो ।

    यस्तै संघीय संसदका महासचिव तथा सचिवहरु, कार्याव्यवस्था महाशाखा, संसद सुविधा व्यवस्थापन महाशाखा, प्रशासन महाशाखा, प्रविधि व्यवस्थापन महाशाखा,कानुनी परामर्श महाशाखा लगायतका सम्बन्ध्ति महाशाखाकाका कर्मचारीहरु,मर्यादापालक एवं सुरक्षाकर्मीहरुको कोरोना परीक्षण हुनेछ ।

    सोमबार बिहान ११ बजेदेखि ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल नयाँ बानेश्वरमा एन्टीजेन परीक्षणको व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ ।

    संघीय संसदको अधिवेशन मंसिर २८ गते दिनको २ बजेका लागि बोलाइएको छ ।

  • सम्बन्धित विषय:

  • # संसद् बैठक
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij