काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से ११ अंक बढेको छ ।
बिहीबार १२.५३ अंक बढेर २५२०.२३ विन्दुमा बन्द भएको नेप्से आज सो सेसनमा ११.१९ अंक बढेर २५३१.४३ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि १.६२ अंक बढेको छ ।
आइतबार प्रि ओपन सेसनमा २१ कम्पनीको ७१ लाख ३६ हजार २८३ रुपैयाँ ६० पैसा बराबरको ५ हजार ३५५ कित्ता शेयर खरिदबिक्री भएको छ ।
कारोबारमा आएकामध्ये १६ कम्पनीको सेयरमूल्य बढेको छ भने २ कम्पनीको सेयरमूल्य घटेको छ । उक्त सेसनमा ३ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।