शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

मेडिकल शिक्षामा विवादास्पद छवि वालाकै जगजगी


  • 1.6K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2747
    पुष १७, २०७८ शनिबार
    मेडिकल शिक्षामा विवादास्पद छवि वालाकै जगजगी

    काठमाडौं । वर्षौदेखि मेडिकल शिक्षामा विवादास्पद छवि बनाएका व्यक्तिले नै थप मेडिकल कलेजमा स्वामित्व बढाउँदै लगेका छन् । 

    ती कलेजमा पनि उनीहरूले विभिन्न शीर्षकमा अतिरिक्त शुल्क असुलेर विद्यार्थी ठग्न सुरु गरेका छन् । कलेजको मनपरीविरुद्ध विद्यार्थी हकहितका लागि खुलेका संगठनहरूले पनि जोडदार आवाज उठाएका छैनन् ।

    विद्यार्थीमाथि चरम आर्थिक शोषण गर्दै आएको विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्माले काठमाडौं मेडिकल कलेज ९केएमसी०मा पनि लगानी गरेका छन् । 

    केएमसीको ५० प्रतिशतभन्दा बढी सेयर शर्मा र शर्मानिकट व्यक्तिका नाममा पुगेको छ । शर्माको लगानी मात्रै केएमसीमा भित्रिएको छैन, विगतदेखि नोबेलमा चल्दै आएको विद्यार्थी ठगी धन्दाले पनि प्रवेश पाएको छ ।

    यसअघि विवादमा नआएको केएमसीले यस वर्ष नयाँ विद्यार्थी भर्नामा अतिरिक्त शुल्क उठाएको छ । चिकित्सा शिक्षा ऐन र चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा बढी शुल्क तोकेको विद्यार्थीले बताएका छन् ।

    चिकित्सा शिक्षा आयोगले २८ कात्तिकमा मेडिकल अध्ययनका लागि उपत्यकाभित्र ४० लाख २३ हजार दुई सय ५० र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको थियो । 

    होस्टेल र खानाको बेग्लै शुल्क लिन पाउने आयोगको निर्णयलाई दुरुपयोग गर्दै कलेजले अस्वाभाविक रूपमा १५ देखि २० लाखसम्म अतिरिक्त रकम असुलेको विद्यार्थीको गुनासो छ । 

    विनाबिलिङ अतिरिक्त शुल्क बुझाउन मौखिक रूपमा दबाब दिएको विद्यार्थीले बताएका छन् । बिहीबार नोबेल मेडिकल कलेजले पनि तोकेको शुल्क नबुझाएको भन्दै एमबिबिएसका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमै रोक लगाएको थियो ।

    उता, विवादित व्यक्तिहरूले मेडिकल शिक्षालाई नै दूषित बनाएको र मेडिकल कलेजका सबै लगानीकर्ताप्रति सामाजिक धारणा एउटै बनेको भन्दै केएमसीका पुराना लगानीकर्ता तथा पदाधिकारीले भने हात झिकेका छन् । 

    केएमसीकी लगानीकर्ता एवं पूर्वपदाधिकारी डा. चन्दा कार्कीले गुणस्तरीय चिकित्सा शिक्षाको पवित्र उद्देश्य राखेर संस्था स्थापना गरे पनि मेडिकल कलेजका सबै सञ्चालकले माफियाको नाममा बदनामी खेप्नुपर्ने अवस्था आएपछि सेयर बिक्री गरेको बताइन् । अधिकांश सेयर बेचेकी उनले पदाधिकारीको जिम्मेवारी छाडेकी छिन्  । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij