शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

मेडिकल माफियाको रबैया : अतिरिक्त शुल्क नबुझाएको भन्दै विद्यार्थीहरुलाई कक्षाकोठाबाटै रेस्टिकेट


  • 1.9K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2759
    पुष १८, २०७८ आइतबार
    मेडिकल माफियाको रबैया : अतिरिक्त शुल्क नबुझाएको भन्दै विद्यार्थीहरुलाई कक्षाकोठाबाटै रेस्टिकेट

    काठमाडौं । निजी मेडिकल कलेजले अतिरिक्त शुल्क नतिरेका विद्यार्थीलाई कलेज प्रवेशमै रोक लगाउन थालेका छन् ।

    विराटनगरस्थित नोबेल मेडिकल कलेज र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले गेटमै रोक लगाएको पीडित बताउँछन् ।

    यी कलेजले ४० लाखसम्म अतिरिक्त शुल्क मागेका छन् । जसमध्ये ४ लाख रुपैयाँभन्दा बढी बुझाइसकेको विद्यार्थीको भनाइ छ ।

    चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयले तोकिएभन्दा बढी शुल्क नलिन निर्देशन दिए पनि कलेज सञ्चालकले त्यसको पालना गरेका छैनन् । नोबेल मेडिकलका प्रिन्सिपल प्रा.डा.रामहरि घिमिरेले अतिरिक्त शुल्क लिएको स्वीकार गरे ।

    ‘शुल्क तिरेकाहरूले पढिरहेका छन्’, प्रिन्सिपल प्रा.डा. घिमिरेले भने, ‘नतिरेकाहरू आएका छैनन् ।’

    नोबेल मेडिकल कलेज, मणिपाल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमा चिकित्साशास्त्रअन्तर्गत एमबीबीएसको कक्षा सुरु भइसकेको छ ।

    तर, यीमध्ये मणिपालले प्रवेश दिए पनि अतिरिक्त शुल्कको तनाव दिन थालेको विद्यार्थी बताउँछन्। नोबेलले अतिरिक्त शुल्क नतिर्नेलाई सुरक्षा गार्ड लगाएर बाहिर निकालेको जनाइएको छ ।

    ‘हामीलाई कलेजभित्र छिर्न दिएका छैनन्’, एक विद्यार्थीले भने, ‘अतिरिक्त शुल्क नतिरे नआउनू भनेको छ । के गर्नु विश्वविद्यालयलाई पैसा बुझाइसक्यौं ।’

    केहीले ४० प्रतिशतसम्म शुल्क तिरेको ती विद्यार्थीले सुनाए । यो समाचार अन्नपूर्णपोष्टमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij