काठमाडौं । देशभर १२ देखि १७ वर्षसम्मका किशोररकिशोरीलाई कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेको छ । भक्तपुरमा गएको शुक्रबारदेखि मोर्डना खोप दिइँदै छ भने काठमाडौं र ललितपुरमा आजदेखि फाइजर खोप दिइँदैछ ।
पठनपाठन भइरहेका पालिकामा विद्यालयबाटै र नभएका स्थानमा यसअघि नियमित खोप सञ्चालन भइरहेका केन्द्रबाट किशोररकिशोरीलाई खोप दिइने स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।
काठमाडौं र ललितपुरमा पनि विद्यालय र यसअघि तोकिएका दुवै केन्द्रबाट खोप दिइनेछ । विद्यालय नगएका तर ११ देखि १७ वर्षसम्मका किशोररकिशोरीले पनि उमेर खुल्ने परिचयपत्रका आधारमा खोप लगाउन पाउनेछन् ।
ललितपुरमा स्थानीय पालिकाहरुले वडा अनुसार एक दिनमा चारवटा वडाका विद्यालयका दरले खोप दिँदैछन् । यी जिल्लामा लक्षित सबै किशोररकिशोरीलाई ‘कभरेज’ नभएससम्म खोप कार्यक्रम सञ्चालन हुनेछ ।
११ देखि १७ वर्षसम्मका किशोररकिशोरीको संख्या भक्तपुरमा ५० हजार, ललितपुरमा ७१ हजार र काठमाडौंमा दुई लाख ५० हजार रहेको स्वास्थ्य कार्यालयहरूको तथ्यांक छ ।