काठमाडौं । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् ।
कार्यकारी निर्देशक दाहालले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।
नारायणहिटी दरबार संग्रहालय परिसरमा बतास समूहलाई क्याफ्टेरिया बनाउन जग्गा भाडामा दिएको विषयमा विवाद उत्पन्न भएको थियो । त्यसको छानबिनका लागि पर्यटन मन्त्री प्रेम आलेको निर्देशनमा समिति बनेको थियो ।
२६ पुसमा समितिले मन्त्री आलेलाई छानबिन प्रतिवेदन बुझाएको थियो । छानबिन प्रतिवेदनमा बतास समूहलाई जग्गा भाडामा दिँदा कार्यकारी निर्देशक दाहालको कमजोरी भएको औल्याइएको थियो ।