आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

बालुवाटार जग्गा हिनामिना प्रकरणका मुख्य बिचौलिया रामकुमार सुवेदी छुटे


  • 1.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2977
    पुष २८, २०७८ बुधबार
    बालुवाटार जग्गा हिनामिना प्रकरणका मुख्य बिचौलिया रामकुमार सुवेदी छुटे

    काठमाडौं । तत्काल मुद्दा नचलाउने निर्णय गरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अनुसन्धान प्रतिवेदन प्रहरीमा फिर्ता गरिदिएपछि बालुवाटार जग्गा हिनामिना प्रकरणका मुख्य बिचौलिया भनिएका रामकुमार सुवेदी छुटेका छन् ।

    सरकारी वकिल कार्यालयकै निर्देशनमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले उनलाई मंगलबार आफन्तको जिम्मा लगाएर छाडेको हो ।

    तीन साताअघि श्रीमती माधवीसहित उनलाई प्रहरीले पक्राउ गरेको थियो । सिआइबीले लिखत किर्ते कसुर मुद्दा चलाउन रायसहितको प्रतिवेदन पठाएकोमा अनुसन्धान पूरा नभएको भन्दै सरकारी वकिल कार्यालयले सोमबार फाइल सिआइबीमा फिर्ता पठाएको थियो ।

    जसअनुसार तत्काल मुद्दा नचल्ने भएपछि बिचौलिया छुटेका हुन् । तत्काल मुद्दा अघि बढ्ने अवस्था नभएपछि उनीहरू छुटेका हुन् ।

    सरकारी वकिल कार्यालयकै निर्देशनमा खोजेको बखत उपस्थित हुने गरी सुवेदीदम्पतीलाई आफन्तको जिम्मा लगाएर छाडिएको सिआइबीका प्रवक्ता एसपी श्यामकुमार महतोले बताए । अर्का बिचौलिया भनिएका शोभाकान्त ढकाल भने जेलमै छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा पनि सुवेदी फरार छन् । त्यस विषयमा सिआइबीले विशेष अदालतलाई ‘उपस्थित गराउनु पर्ने वा नपर्ने’ भनेर पत्र लेखेको थियो ।

    जसमा विशेषले उनी आफैँ उपस्थित हुन पाउने समय बाँकी रहेको जवाफ दिएपछि सिआइबीले उनलाई छाडेको हो । मुद्दा दायर भएको करिब दुई वर्षसम्म पनि सुवेदी अदालतमा उपस्थित भएका छैनन् ।

    जिल्ला सरकारी वकिल कार्यालयले यो कसुर ०६९ भन्दा पहिलेको भएकाले मुलुकी ऐनअनुसार अनुसन्धान हुने निष्कर्ष निकालेको हो । मुलुकी ऐनअनुसार किर्ते मुद्दाको हदम्याद हुँदैन ।

    जसकारण वर्षौँसम्म फाइल थन्क्याएर राख्न मिल्ने भएकाले आरोपीले उन्मुक्ति पाउने जोखिम छ । यस मुद्दामा जोडिएका व्यक्तिहरू अवकाशप्राप्त उच्च प्रशासक तथा प्रभावशाली व्यापारी भएकाले दबाबको भरमा सरकारी वकिलले प्रहरीमा फाइल फिर्ता गरेको हो । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij