आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

युवतीको हत्या गर्ने एक पुरुष २० वर्षपछि पक्राउ


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2999
    पुष २९, २०७८ बिहीबार
    युवतीको हत्या गर्ने एक पुरुष २० वर्षपछि पक्राउ

    काठमाडौं । युवतीको हत्या गर्ने एक पुरुषलाई इलामबाट २० वर्षपछि पक्राउ गरिएको छ । सूर्योदय नगरपालिका–३ साविक पशुपतिनगर गाविस–३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो ।  

    मनकुमार २०५८ साल माघ ६ गते साँझको समयमा घाँटी रेटी सोही ठाँउकी १८ वर्षीया रोजिना राईको हत्या गरेर फरार थिए ।

    इलामका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठकाअनुसार प्रहरीको विशेष खोज अनुसन्धानबाट आफ्नै गाउँघरमा नै नियमित काम गरिरहेका राईमाथि निगरानी बढाएर पक्राउ गर्न सफल भइएको हो ।

    घटना आफूले घटाएको अभियुक्तले स्वीकार गरेको प्रमुख श्रेष्ठले बताए । प्रहरीकाअनुसार पक्राउ परेका राईमाथि थप अनुसन्धान जारी रहेको बताइएको छ । यो समाचार नागरिक दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij