काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार झिनो अंकले बढेको छ । आज नेप्से ३.२९ अंकले बढेर दुई हजार ७ सय ७९ दशमलब ९३ विन्दुमा पुगेको हो ।
बुधबार नेप्से ३८.४५ अंकले घटेर दुई हजार ७ सय ७६ दशमलब ६१ विन्दुमा बन्द भएकोे थियो ।
त्यस्तै, आज कारोबार रकममा भने गिरावट आएको छ । आज ३ अर्ब ३४ करोड ३४ लाख बराबरको कारोबार भएको छ । बुधबार ४ अर्ब ३१ करोड ३१ लाख बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा वीन नेपाल लघुवित्त वित्तीय संस्था, बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी र सिडीबिडी हाइड्रोपावर डेलपमेन्ट कम्पनी रहेको छ ।
आज वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३३८.२० रुपैयाँ पुगेको छ भने बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५०९.५० रुपैयाँ पुगेको छ । त्यस्तै, सिडीबिडी हाइड्रोपावर डेलपमेन्ट कम्पनीको शेयरमूल्य ८.७२ प्रतिशतले बढेर प्रतिकित्ता १०१० रुपैयाँ पुगेको छ ।
त्यस्तै, सप्तकोशी डेभलपमेन्ट कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज २० करोड २ लाख भन्दा बढीको कारोबार भएको छ ।