आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

घाँटी रेटिएको अवस्थामा भेटिएको महिला र बालिकाको शवको पहिचान अझै खुलेन


  • 1.8K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3196
    माघ १४, २०७८ शुक्रबार
    घाँटी रेटिएको अवस्थामा भेटिएको महिला र बालिकाको शवको पहिचान अझै खुलेन

    काठमाडौं । रुपन्देहीको देवदहस्थित घोडाहा जंगलमा ‘हत्या’ गरिएको अवस्थामा एक महिला र बालिकाको शव भेटियो । शव भेटिएको चार दिन भयो ।

    तर, पहिचान अझै खुलेको छैन । प्रहरीले सामान्य सुराकसमेत नपाउँदा अनुसन्धानमै अलमल छ ।

    घाँटी रेटिएको अवस्थामा भेटिएका शवको छेउमा एउटा धारिलो चक्कु थियो । शरीरमा लगाएका कपडा बाहेक उनीहरूको साथबाट कुनै कागजात भेटिएन । ‘न झोला, न मोबाइल । 

    कपडा हेरेर मध्यम आर्थिक अवस्थाको परिवारसम्म होला भन्ने अनुमान छ,’ अनुसन्धानमा खटिरहेका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले भने ।

    शरीरमा लगाएका कपडाको शैली हेर्दा तराई मूलका अझ भारतीय नागरिक हुन भन्ने अनुमान प्रहरीको छ । प्रहरी नायव उपरीक्षक केसी कसरी अपराधी पत्ता लगाउने हैरान भएको बताउँछन् । 

    मोबाइल ‘ट्रयाकिङ’मा हत्या भएको स्थानमा सयौं फोनको ‘लोकेसन’ देखाउँछ। किनभने त्यो स्थान पूर्व–पश्चिम राजमार्गको छेउमै पर्छ । छेउछाउमा सीसीटिभी फुटेज हेर्दै घटनाको विश्लेषण गरिएको छ ।

    राजमार्गमा रोकिएको बसका यात्रुहरू ओर्लिएर खुला शौच गर्न जाँदा माघ ११ गते बिहान साढे १० बजेतिर दुई शव देखिएका थिए । त्यसलगत्तै पुगेको प्रहरीले अहिलेसम्म गरेका सबै अनुसन्धान नतिजा शून्य छन् ।

    ‘भारतीय नागरिक हुन् कि भन्ने अनुमानमा तस्बिरहरू सीमा क्षेत्र र भारतीय सुरक्षाकर्मीसम्म पुर्‍याएका छौं, तर अहिलेसम्म केही अत्तोपत्तो छैन, केसीले भने । प्रहरीले यी दुई शवलाई आमाछोरीको नाता रहेको अनुमान लगाएको छ । 

    अन्दाजी ७ वर्षकी बालिका र ३४ वर्षकी महिलाको सँगै शव भेटिएकाले आमाछोरी हुन् कि भन्ने अनुमान गरिएको केसीको भनाइ छ । उनीहरूको आत्महत्या नभई हत्या नै भएको निष्कर्षमा भने प्रहरी पुगेको छ । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ । 

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij