शुक्रबार, असार २० गते २०८२ Jul 04 2025 Friday
images
images

कोरोनाविरुद्ध खोप प्रयोगको एक वर्ष : लक्षित जनसंख्याको कति प्रतिशतले लगाए ?


  • 2.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3202
    माघ १५, २०७८ शनिबार
    कोरोनाविरुद्ध खोप प्रयोगको एक वर्ष : लक्षित जनसंख्याको कति प्रतिशतले लगाए ?

    काठमाडौं । नेपालमा कोभिडविरुद्धको खोप कार्यक्रम सुरु भएको एक वर्ष पूरा भएको छ । संक्रमण फैलिएको झन्डै एक वर्षपछि ८ माघ ०७७ मा भारतबाट आएको खोप १४ माघबाट प्रयोगमा ल्याइएको थियो । 

    खोप अभियान सुरु भएको पहिलो दिन नौ हजार ८४ जनाले मात्र खोप लगाएका थिए । पहिलो चरणमा चार लाख ३० हजारलाई खोप लगाउने लक्ष्यसहित ६६ जिल्लाका करिब १२० खोप केन्द्र तोकिएको थियो । 

    खोप उत्पादन गरिरहेका देशहरूबाहेक खोप प्रयोगमा अगाडि रहेको नेपालमा हालसम्म लक्षित जनसंख्याको ६९।४ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् । 

    त्यस्तै, खोपको एक मात्रा लगाउनेको संख्या ८२।७ प्रतिशत पुगेको छ भने अग्रपंक्तिमा खटिने झन्डै तीन लाख कर्मचारीमा अतिरिक्त खोपसमेत प्रयोगमा आइसकेको छ ।

    स्वास्थ्य मन्त्रालयको विवरणअनुसार शुक्रबारसम्म एक करोड ३८ लाख ३३ हजार ६ सय २९ ले खोपको पूर्ण मात्रा लगाएका छन् भने एक करोड ६४ लाख ७४ हजार पाँच सय १४ ले कम्तीमा एक मात्रा लगाएका छन् ।

    त्यस्तै, २ माघदेखि सुरु भएको अतिरिक्त मात्रा खोप दुई लाख ९६ हजार नौजनाले लगाएका छन् । १२ देखि १७ वर्ष उमेर समूहका १८ लाख ७२ हजार ६ सय ७० जना बालबालिकाले खोपको पहिलो मात्रा र तीन लाख ५८ हजार दुई सय ९८ जना बालबालिकाले पूर्ण मात्रा लगाएका छन् । 

    हालसम्म अनुदान र खरिद प्रक्रियाबाट चार करोड २० लाख ४९ हजार ६ सय ४० डोज खोप नेपाल भित्रिसकेको छ । संक्रमण बढ्दै जाँदा खोप कार्यक्रमलाई समेत तीव्रता दिइएको छ । हाल लक्षित समूहका ३४ लाखलाई खोप लगाउन बाँकी छ । यो समाचार नयाँ पत्रिका दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij